भारतले दक्षिण अफ्रीकालाई दियो २४० रनको लक्ष्य

कोल्हवी न्यूज
२०७८ पुष २१, बुधबार १९:०६

जारी दोस्रो टेस्टमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको मध्यम लक्ष्य दिएको छ ।

टेस्टको तेस्रो दिन भारत आफ्नो दोस्रो इनिंगमा २६६ रन बनाएर अल आउट भएपछि दक्षिण अफ्रीकाले टेस्ट जित्न २४० रनको लक्ष्य पाएको हो ।

यस आघ पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २७ रनको अग्रता लिएको थियो । पहिलो इनिंगमा भारतले पहिला ब्याटिंग गर्दै २०२ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले २२९ रन बनाएको थियो ।

योसँगै अब दक्षिण अफ्रीकालाई टेस्ट जितेर सिरिज बराबरी गर्न २४० रन बनाउनु पर्ने छ ।

तीन खेलको सिरिजमा पहिलो टेस्ट जितेर भारत १(० ले अगाडी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*