सरकार किसानको पक्षमा संवेदनशील नभएपछि उधारोमा उखु

कोल्हवी न्यूज
२०७८ पुष २१, बुधबार ०६:२५ गते

सरकार किसानप्रति संवेदनशील नहुदा उखु किसानसंग वर्षैपिछे एउटै नियती दोहोरी रहेको छ । प्रत्येक वर्ष उधारोमा उखु बिक्री गर्ने वाध्यता अहिले पनि हटेको छैन । अहिले पनि चिनीमिलहरुमा किसानले उधारैमा उखु बिक्री गर्न बाध्य छन । सरकारले किसानको माग सुनुसवाई नगरी कानमा तेल हालेर बस्दा बारा, पर्सा, रौतहट, सर्लाहीका किसानहरुले यस वर्ष पनि उधारोमै उखु बेच्न बाध्य भएका हुन ।

‘कति रुपैयाँ प्रति क्विन्टल उखु बिक्री हुदैछ, त्यसको जानकारी न किसानलाई छ न चिनीमिललाई नै,’ बाराका अगुवा किसान प्रभु प्रसाद यादवले भने, ‘ किसानले आफुले उत्पादन गरेको वस्तुको मुल्य कति हो जानकारी पाउने कि नपाउने रु’ अहिले किसान उखुको दर भाउ बारे पुरै अनभिज्ञ रहेको उनले बताए । उखु मुल्य निर्धारण नभए पनि अहिले उखु कटान सुरु भईसकेको छ । चिनीमिल संचालन भईसकेको छ ।

उखुको मुल्य कति हो कसैलाई किन थाहा हुन सकेको होईन । सरकारलका तत्कालिन मन्त्रीहरुले समयमा उखुको उचित मुल्य निर्धारण गर्न किसानलाई आश्वासन दिएपनि त्यो वाचा पुरा नभएको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष विरेन्द्र कुशवाहाले जानकारी दिए ।

‘हामीले सरकारसंग उखुको उचित मुल्य मांगेका हौं,’ उनले भने, ‘किसानको उत्पादन खर्च उठने गरी उखुको मुल्य निर्धारण गर्न सरकारसंग माग गरेका छौं ।’ माग सम्बोधन नभएर आफुहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिएको उनले बताए । रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रीज प्रालीका संचालक राजकुमार गाडियाले सरकारले उखुको मुल्य निर्धारण नगरे पनि आफुले ६ सय रुपैयाँ प्रति क्विन्टल उखु खरीद गर्ने जानकारी दिए ।

अर्को बालाी लगाउन समय ढिला भईरहेकोले किसानको पिरमर्कालाई सम्झेर आफुले किसानको मागलाई सम्बोधन गर्ने गरी रेटमा उखु खरीद गर्न तयार रहेको जानकारी दिए । ‘सरकारले किसानको माग पुरा गर्दैन भने त्यसमा हाम्रो के दोष,’ उनले भने, ‘हामीले सरकारले गरेको निर्णय मान्न तयार छौं ।’ रिलायन्सले किसानसंग हातेमालो गरेर अगाडी बढीरहेको उनले जानकारी दिए । बारा, पर्साका किसानहरुले उखुको न्युनतम मुल्य ६ सय ८० रुपैयाँ प्रति क्न्टिल निर्धारण गर्न सरकारसंग माग गरेका छन । गढिन्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*