नेपाली काङ्ग्रेस का युवानेता सापकोटाले गरे क्यान्सर पीडित लाई नगद सहयोग

कोल्हवी न्यूज
२०७८ पुष २१, बुधबार ०६:०६ गते

नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नं. १ का संघीय सदस्य योग्यराज सापकोटा ले आज हेटौंडा ८ कमाने का क्यान्सर पीडित किरण राई को उपचारका लागि नगद रकम सहयोग गरेका हुन।

हेटौंडाको सितलमहल चोकमा रहेको ‘सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी लि.’ मा कार्यरत आफ्नो धर्मपत्नी अस्मिता ढुंगानाको १ महिनाको तलब बराबरको रकम सापकोटा आफुले सहयोग गरेका हुन। नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नं.१ संघीय सदस्य सापकोटा विभिन्न सामाजिक कार्यमा दिलोज्यान दिएर लाग्ने गरेका छन। खुल्ला हृदय भएका उनी हेटौंडाकै एक उदाहरणीय ब्यक्ति हुन। रोगि, दीनदुखी , असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएका सापकोटा एक उद्दारवादी युवा नेता हुन।

सोमबार बेलुकाको समयमा समाजसेवि एबम राजाबादी विवेक बिक्रम शाह र सापकोटा पीडितकै घरमा पुगि क्यान्सर पीडित राइको छोरा, श्रीमती र आमाको हातमा नगद २५ हजार १ सय १५ रुपैयाँ हस्तान्तरण गरेका थिए । सापकोटाले बिगतका लामो समयदेखी विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका छन् । विभिन्न समयमा सहयोग गर्नका लागि जनता को घर मा पुग्ने सापकोटा आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनी लि. का चिफ एजेन्सी मेनेजर (MDRT) पदमा रहेर कार्य गरिरहेका छन।

पीडित राईको हाल भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको छ। आर्थिक स्थिति कमजोर भएका क्यान्सर पीडित राइको उपचारका लागि पीडित परिवारले सहयोगी दाताहरुलाई सहयोग जुटाइदिनुहुन आग्रह गरेकाछन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*