काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ११ किलोमिटर ट्रयाक खोल्न बाँकि

कोल्हवी न्यूज
२०७८ पुष २१, बुधबार ०६:०३ गते

file photo

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराईरमधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिटर फाष्ट ट्रयाक खोल्न नै बाँकी रहेको देखिएको र पुल निर्माणको काम समेत सुरु नभएको पाइएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ । नेपाल सरकारको लक्ष्य अनुरुप आ.व. २०८०र८१ सम्ममा काम सम्पन्न हुनेमा दुविधा देखिएको समिति सभापति रामनारायण बिडारीले बताए ।

तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन, वन सम्बन्धी कामहरु र आवश्यक स्वीकृति दिनुपर्ने विषयमा सरकारका सम्बन्धित मन्त्रालयहरुलाई आगामी समिति बैठकमा बोलाएर आवश्यकता अनुसार ध्यानाकर्षण तथा निर्देशन दिइने उनले बताए । बैठकमा समिति सदस्यहरुले द्रुत मार्ग निर्माणको काम समयमै सकिनुपर्नेमा जोड दिएका थिए । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*