मालान आयरल्याण्डकाे मुख्य प्रशिक्षक

कोल्हवी न्यूज
२०७८ पुष २०, मंगलवार १९:१५

आयरल्याण्ड राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दक्षिण अफ्रिकामा जन्मिएका हेनरिच मालान नियुक्त भएका छन ।

४० बर्षे पूर्व अलराउण्डर मालानपछिल्लो पटक न्युजिल्याण्डमा प्रशिक्षण सम्हालिरहेका थिए । उनले अब आयरल्याण्ड टिमको मुख्य प्रशिक्षकका रुपमा काम गर्ने भएका छन ।

उनले न्युजिल्याण्ड क्रिकेट टिममा ब्याटिङ र सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले मार्चबाट आयरल्याण्ड टिमको प्रशिक्षण सम्हाल्ने बताइएको छ ।

लेभल थ्री कोचिङ कोर्ष गरेका उनी ११ बर्षदेखि प्रशिक्षक भूमीकामा काम गरिरहेका छन ।

उनले खेलाडी जीवनमा दक्षिण अफ्रिकाबाट सन् २००५ देखि २००९ सम्म खेलेका थिए । तर पछिल्लो पटक उनी न्युजिल्याण्डमा नै बस्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*