सिद्धार्थ बैंकद्वारा मारवाडी सेवा समिति नेपाललाई १५ लाख सहयोग
सिद्घार्थ बैंकले मारवाडी सेवा समिति नेपाललाई १५ लाख सहयोग गरेको छ।
मंगलबार काठमाडौंको फसिकेब मार्ग स्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई डायलाइसीस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्व अन्र्तगत १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले मारवाडी सेवा समिति नेपालका महासचिव श्री प्रमोद अग्रवाल ज्युलाई हस्तान्तरण गरेका थिए।
बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्नेछ।
मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्र सगँको प्राविधिक सहयोगमा गौशाला स्थित श्री पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ।
बैंकले पुर्याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको जनाएको छ।










