महोत्तरीका झा दम्पती हत्या प्रकरण : अभियुक्त छाडेको भन्दै न्याय दिन छोराको माग
महोत्तरीमा गत वर्ष भएको झा दम्पती हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ। झा दम्पती हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै छोरा मनीष झाले आफू र परिवारसमेत असुरक्षित भएको भन्दै तत्काल जेल हाल्न माग गरेका छन्। मनीषले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेल हाल्नुपर्नेलाई रिहा गरेर आफ्नो परिवार नै असुरक्षित बनाएको बताए।
उनले आफूहरूमाथि अन्याय भएको बताए। ०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पतीको हत्या भएको थियो। प्रहरीले लामो अनुसन्धानपछि अभियुक्तहरू पक्राउ गरी मुद्दा दायर गरेको थियो। मृतक झा दम्पतीका छोरा मनीषले १ जना अभियुक्तलाई जिल्ला अदालतले र ३ जनालाई पुनरावेदन अदालतले धरौटीमा छाडिदिएको बताए। उनले आफ्नो आमाबुवाको हत्यामा संम्लग्न अभियुक्तहरूलाई जेलमा राखेर कारबाही गर्न माग गरेका छन्।
मनीषले अभियुक्तहरू ७ जनामध्ये जिल्ला अदालतले तारादेवी यादवलाई कोभिडका कारण र ६५ वर्ष पुगेको भन्दै धरौटीमा छाडेको सुनाए। बाँकी ६ जना अभियुक्तमध्ये पनि ३ जनालाई पुनरावेदनले धरौटीमा रिहा गरेकोमा असन्तुष्टि पोखे। उनले भने, ‘अभियुक्तहरू सुरेन्द्र यादवलाई ५ लाख, बब्लु झालाई २ लाख र रजिन्द्र झासँग ५ लाख लिएर पुनरावेदन अदालतले छाडिदिएर हामीलाई अन्याय गर्यो।’ उनले पुनरावेदनले अन्यायमा पारेको भन्दै अब आफूहरू सर्वोच्च अदालत जाने बताए।
‘म निकै दुःखी छु, मेरो आफ्नो भन्ने आमाबालाई नै पापीहरूले मारिदिए। मलाई न्याय दिलाइदिनुहोस्,’ उनले रुँदै भने, ‘कैलाश झाले आफ्नै घरमा एक महिना राखेको, विकास झाले थाहा नपाउने हुन्छ रु ४ वटा कोठा, ४ जना मात्र भएको घरमा एक महिना शव राख्दा कसरी थाहा पाएनन् रु कुन तथ्यमा अभियुक्तहरूलाई छाडियो रु सुरेन्द्र यादवको कपडामा रगत लागे पनि मानिसको रगत नभई घरमा कलर लगाएको भनेर पुनरावेदन अदालतले धरौटीमा छाड्यो।
जिल्ला अदालतले सुरेन्द्रको कपडामा मानिसको रगत लागेको भनी दोषी ठहर गरेको उनले बताए। उनले न्यायका लागि साथ दिन सबैसँग आग्रह गरे। उनले भने, ‘मलाई न्याय दिनुस्, उनीहरू जेलबाट छुटिसकेका छन् मलाई पनि डर लागिरहेको छ। असुरक्षित महसुस गरिरहेको छु। म अपांग भएकोले अपराधीहरूले घटना घटाएका हुन्।’ मनीषले जतिजना दोषी ठहर गरिएको छ तिनीहरू सबैलाई कारबाही गरेर सजाय दिन माग गरे।