जन्मदिनको अवसरमा नेपाल बाल संगठन भीमफेदीलाई खाजा सहयोग

कोल्हवी न्यूज
२०७८ पुष १९, सोमबार २०:४४ गते

हेटौंडा/हेटौंडा ८ कमाने निवासी इरिश कुवर ३ वर्ष पूरा भई ४ वर्षमा प्रवेश गरेको अवसरमा भीमफेदीमा रहेको नेपाल बाल संगठनका बालबालिकालाई खाजा सहयोग गरेका छन् ।
फजुल खर्च गरेर जन्मदिन मनाउन भन्दा समाजसेवाको भावनाले परोपकारी काम गर्नु राम्रो भएको भन्दै बालबालिकाहरुलाई खाजा सहयोग गरेको इरिशकी आमा एवम् जेसिआई हेटौंडा लेडिकी उपाध्यक्ष इन्दिरा बानियाँले बताउनु भयो ।
नेपाल बाल संगठन टुहुरा, अनाथ, घरबार बिहीन र अविभावक विहीन अवस्थाका बालबालिकाहरुको संरक्षण, पालन पोषण, स्वास्थ्य र शिक्षा दिक्षा निःशुल्क रुपले दिने मूल उद्देश्यका साथ स्थापना भएको हो । नेपालको ७७ वटै जिल्लामा यसको शाखा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*