फ्रान्समा नयाँ वर्षकाे अवसरमा ८ सय ७२ वटा कार जलाइयाे

कोल्हवी न्यूज
२०७८ पुष १९, सोमबार ०५:४५ गते

फ्रान्समा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा एक पटक फेरि कारहरू जलाइएको घटना सार्वजनिक भएको छ ।

यस वर्ष ८ सय ७४ वटा कार जलाइएको प्रहरी विभागले जानकारी दिएको छ । फ्रान्सको गृह मन्त्रालयले यो सङ्ख्या सन् २०१९ को तुलनामा निकै कम रहेको बताएको छ । सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएको थियो । सङ्ख्या घट्नुमा प्रहरीको बाक्लो उपस्थितिलाई कारण मानिएको छ । सन् २०२० मा देशव्यापी लकडाउनका कारण कतै कार जलाइएको खबर सार्वजनिक भएको थिएन ।

यस पटक नयाँ वर्षको अवसरमा ९५ हजार सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३२ हजार दमकलका चालक र सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो ।

कार जलाउनु एक सामान्य घटना

कैयौँ देशमा जस्तै फ्रान्समा विभिन्न कारणबाट बर्सेनि कारमा आगो लगाइन्छ, यस्तो गर्नेमा अपराध गर्ने र झुटो बीमा दाबी गर्नेहरू हुन्छन् ।

तर फ्रान्समा नयाँ वर्षको आगमनलाई चिनाउन कारमा आगो लगाउने नयाँ तरिका बनेको छ । यो प्रथा सन् १९९० को दशकमा पूर्वी फ्रान्सको स्ट्रासबर्ग नजिकको क्षेत्रमा युवाहरू ९विशेषगरी न्यून आय भएका० बीच सुरु भएको थियो ।

सन् २००५ मा फ्रान्समा आवास परियोजनाबाट निराश युवाहरूले यसलाई विरोधको आवाज पनि बनाएका थिए । त्यस बेला प्रहरीले तीन हप्ताभन्दा कम अवधिमा आठ हजार आठ सय १० वटा गाडी जलाएको गणना गरेको थियो । | एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*