वीरगञ्जमा जारी एनआई अन्तर कलेज क्रिकेट टुर्नामेन्टको पहिलो खेलमा नेशनल इन्फोटेक कलेज विजयी
अङ्गरेजी नयाँ वर्षको सन् २०२२ को अवसरमा नेशनल इन्फोटेकले आयोजना गरेको नेशनल इन्फोटेक अन्तर कलेज टी(२० क्रिकेट टुर्नामेन्टको पहिलो खेलमा आयोजक टिम विजयी भएको छ । हिजो शनिबारदेखि वीरगञ्जस्थित नारायणी रङ्गशालाको क्रिकेट मैदानमा नेशनल इन्फोटेक र वीरगञ्ज कलेज बीच भएको पहिलो खेलमा वीरगञ्ज कलेजलाई हराउँदै आयोजक नेशनल इन्फोटेक ८ विकेटले विजयी भएको हो ।
टस जितेर फिल्डीङ्ग रोजेको नेशनल इन्फोटेकले वीरगञ्ज कलेजलाई ३५ बल बाकी रहँदै ८ विकेटले पराजित गरेको आयोजकले जनाएका छन् ।
खेलको पहिलो इनिङ्गमा वीरगञ्ज कलेजले २० ओभर खर्चेर ८ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । जवाफी इनीङ्गमा नेशनल इन्फोटेकले १४ ओभर १ बलमा १ सय ११ रन बनाउँदै जित हासिल गरेको थियो ।
नेशनल इन्फोटेकको तर्फबाट जवाफी इनीङ्गमा ब्याटीङ्ग गर्न गएका अनुप साहले सर्वाधिक ५४ बलमा ८ वटा चौका लगाउँदै ४९ रन बनाएका थिए भने परवेश कुशवाहले २१ बलमा ४ वटा चौकाको सहयोगले २८ रन बनाएका थिए । सर्वाधिक रन बनाउने साहले प्लयेर अफ द् म्याचको उपाधी पनि हात पारेका छन् ।
त्यसतै विजयी टिमको तर्फबाट बालीङ्ग गर्न गएका सोनु खुसले ४ ओभरमा ३, इहायत अन्सारीले ४ ओभरमा २ र नकिव अन्सारीले पनि ४ ओभरमा १ विकेट लिएका थिए ।
यता, पहिलो इनीङ्ग खलेको वीरगञ्ज कलेजका अजय यादवले सर्वाधिक २९ बलमा ४ वटा चौकाको सहयोगले २६ र रेहान गुप्ताले पनि २९ बलमा २ वटा चौका मार्दै २० रन बनाएका थिए ।
वीरगञ्जका १० वटा कलेज सहभागी प्रतियोगिताअन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् । दुई पुलमा भइरहेको प्रतियोगितामा भोली पुल ‘ए’ बाट पहिलो सिफ्टमा सत्यम कलेज र त्रिजुद्ध कलेज भिड्ने छन् भने दोस्रो सिफ्टमा नेशनल एकेडमी र ज्ञानदा एकेडमी भिड्ने जनाइएको छ ।
क्रिकेट एसोसीएसन अफ नेपाल ९क्यान० पर्साको समन्वय र कृष्ण फाउण्डेशन, स्पर्श मल्टिस्पेसियालिटी हस्पिटल, वीरगञ्ज महानगरपालिका, यात्रा डेली प्रा। लि।, एड्स वी मेडिया प्रा। लि। लगायतको सहयोगमा आयोजित प्रतियोगिता आयोजक नेशनल ईन्फोटेकल कलेज, वीरगञ्ज पब्लिक कलेज, ग्लोबल बिजनेस कलेज, वीरगञ्ज कलेज, ईम्पेरियल कलेज, नेशनल एकेडेमी, ज्ञान्डा एकेडेमी, सत्यम पब्लिक कलेज, नेशनल कलेज, त्रिजुद्ध स्कुल सहभागी रहेको प्रतियोगिता माघ १ गतेसम्म चल्ने नेशनल इन्फोटेकका निर्देशक मनिष सिंहले जानकारी दिए ।










