प्रिमियर लिग : आर्सनलसँग सिटीले खोस्यो ३ अंक
प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि पुनरागमन जित हात पारेको छ।
इमिरेट्स स्टेडियममा शनिबार सम्पन्न खेलमा सिटीले १० खेलाडीमा सिमित घरेलु टोली आर्सनललाई २(१ गोल अन्तरले पराजित गरेको हो। खेलको ३१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता आर्सनलले जोगाउन सकेन।
दोस्रो हाफमा गाब्रियल मार्टिनेलीले रातो कार्ड खाएपछि आर्सनल केही हतारिएको थियो। उक्त मौकाको फाइदा उठाउँदै सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। ५७ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १(१ गोलको बराबरीमा ल्याए। ५९औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटियो। उसका गाब्रियलले रातो कार्ड पाए।
त्यसपछि खेलको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई २(१ को जितका साथ २ अंक सुनिश्चित गरे। जितसँगै सिटीले २१ खेलमा ५३ अंक जोडेको छ। सिटीले दोस्रो स्थानको चेल्सीसँग ११ अंकको अग्रता बनाएको छ। यता, पराजित आर्सनल ३५ अंक जोडेर चौंथो स्थानमा छ।









