सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

कोल्हवी न्यूज
२०७८ पुष १७, शनिबार ०६:२३

रौतहट, वृन्दावन नगरपालिका–६ हर्षाहा चौकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री परोहा नगरपालिका–२ जिगडवा बस्ने ५० वर्षीय अजाद मियाँको शुक्रबार मृत्यु भएको छ । गत सोमबार उक्त सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका उनको गरुडास्थित ग्राण्डी अस्पताल हुँदै थप उपचारको काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

गोरखा, धार्चे गाउँपालिका९५ माछीखोलास्थित सडकमा बा ५ ख ६५६६ नम्बरको मिनिट्रक सडकदेखि करिब १ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्रकका चालक धादिङ बस्ने २४ वर्षीय निराजन नेपाल र ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका २० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य ४ जनालाई उपचारको लागि माछीखोलास्थित मेडिकलमा पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*