पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘फायर इन द माउन्टेन’ले पायो उत्कृष्ट फिचर फिल्मको अवार्ड
पाँचौँ पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भारतीय निर्देशक अजितपाल सिंहको ‘फायर इन द माउन्टेन’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ। फेस्टिभलमा फिल्मले उत्कृष्ट क्रिटिक्स अवार्ड समेत जितेको छ। निर्देशक सिंहले फिचरतर्फबाट १ लाख नगद पुरस्कार जितेका छन् भने क्रिटिक्सबाट ६० हजार रुपैयाँ पुरस्कार जितेका छन्। यस फिल्मले हिमालय क्षेत्रमा महिलाले गर्ने संघर्षको कथा समेटेको छ।
सो फिल्म फेस्टिभलको चौँथो दिन बिहीवार प्रदर्शन गरिएको थियो। फिल्मलाई पहिले पटक नेपालमा भौतिक उपस्थितिमा देखाउन पाउँदा निकै खुसी लागेको सिंहले बताए। त्यसैगरी, विद्यार्थी सर्ट फिल्मतर्फको विधामा सौरभ घिमिरेको ‘बार्किङ डग’ले अवार्ड जितेको छ। जसले ४० हजार पुरस्कार पाएको छ।
सर्ट फिल्मतर्फ भने मिन्ह्याङको ‘सरिरा’ ले अवार्ड जितेको छ। सो फिल्मले ८० हजार पुरस्कार जितेको छ। उत्कृष्ट डकुमेन्ट्रीतर्फ बेलमाया नेपालीको ‘आइ एम बेलमाया’ र साम सोकोको ‘सफ्टी’ले उपाधि पाएका छन्। दुवैले ५०र५० पुरस्कार पाए।
फेस्टिभलमा भएको पिच कार्यक्रममा निर्माताहरुले छानेका ३ वटा फिल्मले नगद २५ चलचित्र विकास अनुदान पाएका छन्। जसमा पासाङ दावा शेर्पाको ‘कुकु’, दीपेन्द्र महर्जनको ‘इरोजन’ र दृष्टि बागदासको ‘तिमी र म’ समावेश छन्।
साथै, फेस्टिभलको समापन कार्यक्रममा अजितकै फिल्म ‘फायर इन द माउन्टेन’ देखाइएको थियो।










