बार्सिलोनाका थप तीन खेलाडीलाई कोरोना संक्रमण, संक्रमित ७ पुगे

कोल्हवी न्यूज
२०७८ पुष १५, बिहीबार ०६:५२ गते

स्पेनिस क्लब बार्सिलोनाका थप तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ। बार्सिलोनाले पछिल्लो परीक्षणमा स्यामुयल उम्टिटी, औसमाने डेम्वेले र गाभीलाई संक्रमण पुष्टि हो।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको र अहिले सेल्फ आइसोलेसनमा रहेको क्लबले जनाएको छ।

योसँगै बार्सिलोनामा कोरोना हुने खेलाडीको संख्या ७ पुगेको छ। यसअघि ड्यानी आल्भेस, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट र एलेसान्द्रो वाल्डेलाई कोरोना पुष्टि भएको थियो।

बार्सिलोना अहिले ला लिगामा १८ खेलबाट २८ अंक जोडेर सातौ स्थानमा रहेको छ भने शीर्षस्थानको रियल मड्रिडभन्दा १८ अंकले पछि छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*