नेशनल ईन्फोटेक कलेजले अन्तर कलेज क्रिकेट प्रतियोगिताको आयोजना गर्ने

कोल्हवी न्यूज
२०७८ पुष १५, बिहीबार ०५:५२ गते

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेशनल ईन्फोटके कलेजले अन्तर कलेज क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

वीरगञ्जको नारायणी रंगशालामा पुष १७ गते ९जनवरी १० देखि नेशनल ईन्फोटेक कप २०७८ आयोजना गरिने कलेजका प्रबन्ध निर्देशक मनिष सिँहले जानकारी दिए । क्यान पर्साको समन्वय, कृष्ण फाउण्डेशन र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलको सहयोगमा कलेजले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा आयोजक नेशनल ईन्फोटेकल कलेज, वीरगञ्ज पब्लिक कलेज, ग्लोबल बिजनेस कलेज, वीरगञ्ज कलेज, ईम्पेरियल कलेज, नेशनल एकेडेमी, ज्ञाण्दा एकेडेमी, सत्यम पब्लिक कलेज, नेशनल कलेज, त्रिजुद्ध स्कुल गरेर १० टिमको सहभागिता रहने कलेजका निर्देशक सिँहले बताए ।

विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आईरहेको नेशनल ईन्फोटेक कलेजले स्वस्त रहनका लागि खेलकुद आवश्यक रहेको हुँदा क्रिकेट प्रतियोगिताको आयोजना गरेको सिँहको भनाई छ ।

विद्यार्थीहरुको आआफ्नो रोजाई र चासोअनुरुप कोही खेलाडी बन्ने लक्ष्य बोकेको विद्यार्थीहरुको सपनालाई सार्थकता दिन पनि विद्यालय तथा कलेजमा आयोजना हुने प्रतियोगिताहरु कोशेढुङ्गा साबित हुने सिँहको विश्वास छ ।

क्रिकेट खेलाडी बन्ने सपना बोकेका विद्यार्थीहरुलाई नै सिक्ने अवसर प्रदान गर्नका लागि आयोजना गरिएको प्रतियोगितामा राष्ट्रिय स्तरका अम्पाएरहरुलाई आमन्त्रित गरिएको सिँहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*