एसिया कप : कुवेतलाई हराउँदै सुखत अन्त्य गर्ने साेचमा नेपाल

कोल्हवी न्यूज
२०७८ पुष १३, मंगलवार ०७:५५ गते

युएईमा जारी एसिसी यू–१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले आज कुवेतविरुद्ध खेल्दैछ । सेमिफाइनल दौडबाट बाहिरिसकेका नेपाल र कुवेतबीचको खेल बिहान सवा ११ बजेदेखि शारजाहमा सुरु हुनेछ ।

तुलनात्मक रूपमा कमजोर रहेको कुवेतलाई हराउँदै नेपाल सुखत अन्त्य गर्न चाहन्छ । अघिल्लो खेलहरूमा नेपालले बंगलादेश र श्रीलङ्कासँग हारको सामना गरेको थियो ।

नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा श्रीलंकाविरुद्ध पनि बलिङमा चुक्दा नेपाल ६० रनले पराजित हुन पुग्यो । समूह ‘बी’ रहेको कुवेतले पनि जारी प्रतियोगितामा दुवै म्याचमा हार बेहोरेको छ । ऊ पनि नेपाललाई हराउँदै सुखत अन्त्यको खोजीमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*