लोहोरोले हिर्काएर पत्नी हत्या गरेको आरोपमा पति पक्राउ

कोल्हवी न्यूज
२०७८ पुष १३, मंगलवार ०७:४९

पाँचथरमा पत्नी हत्याको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। फाल्गुनन्द गाँउपालिका २ इम्वुङका ४७ वर्षीय इन्द्रकुमार नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो। उनले लोहोरोले हिर्काएर श्रीमती जीवनकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ।

उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। गत पुस ९ गते घरायसी विवादमा नेम्वाङले ४५ वर्षीया श्रीमतीलाई लोहोरोले हिर्काउँदा गम्भीर घाइते भएकी थिइन्।

उपचारको क्रममा गएको आइतबार उनको बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*