श्रीमतीको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु

कोल्हवी न्यूज
२०७८ पुष ९, शुक्रबार ०६:३८

सिरहामा श्रीमतीले हानेको चिर्पट लागेर श्रीमानको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नपा १४ की ३६ वर्षीय श्रीमती हर्कमाया विश्वकर्माले चिर्पट प्रहार गर्दा श्रीमान ४० वर्षीय टेकबहादुरको मृत्यु भएको हो ।

मंगलबजार अपरान्ह श्रीमान श्रीमती दुवैजना मदिराले मातेपछि घरझगडा भएको थियो । चिर्पटले हान्दा घाइते भएका टेकबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीले हर्कमायालाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि राउ स्मारक अस्पतालमा राखिएको जनाएको छ । उनीहरुका एक छोरा, एक छोरी रहेका छन् । विश्वकर्माको ४ जनाको परिवार गाउँमा मजदुरी गरेर बस्दै आएको थियो । उनीहरुबीच मदिरा सेवन गरेर प्रायः झगडा हुने गरेको स्थानीयवासी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*