बाराबाट सशस्त्र प्रहरीद्वारा १ सय ५० किलो अवैध गाँजा बरामद

सशस्त्र प्रहरीले बाराबाट भारी मात्रामा अवैध लागु औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी छिन्नमस्ता बाहिणी प्रदेश नम्बर २ बाट खटिएको टोलीले बाराको सनफुलवाबाट डेढ क्विन्टल ९१ सय ५० केजी० गाँजा बरामद गरेको हो ।
आईतवार साँझ नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ६ सनफुलवाबाट गाँजा बरामद गरेको सशस्त्र प्रहरी प्रदेश नम्बर २ का बाहिणीपति गणेश ठाढा मगरले जानकारी दिए । बाहिणीपति मगरका अनुसार सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै गाँजा बोकेका भरियाहरु फरार भएका छन् ।
उक्त गाँजा कहाँबाट ल्याइएको र कसले ल्याएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको बाहिणीपति मगरले बताए ।










