म्यानचेस्टर सिटीको सानदार जित, चेल्सी बराबरीमा रोकियो

कोल्हवी न्यूज
२०७८ पुष ५, सोमबार ०८:१३ गते

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि फराकिलो जित निकालेको छ। सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा सिटीले घरेलु टोलीमाथि ४-० को फराकिलो जित निकालेको हो।

खेलको पाँचौं मिनेटमै रुबिन डायसको गोलमा अग्रता बनाएको सिटीका लागि दोस्रो गोल जोआओ क्यान्सेलोले २७ औं मिनेटमा रियाद महरेजको पासमा गरे। पहिलो हाफमा दुई गोलले अघि रहेको सिटीका लागि महरेजले दोस्रो हाफमा अर्को गोल थपे। उनले खेलको ६४ औं मिनेटमा गोल गर्दा ८६ औं मिनेटमा गाब्रियल जिससको पासमा रहिम स्ट्रलिङले गोल गरे।

त्यस्तै गएराति नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा चेल्सी वुल्भरह्याम्टनसँग गोलरहित बराबरीमा रोकियो। त्यस्तै लिभरपुल टोटेनहमसँग २-२ को बराबरीमा रोकियो।

योसँगै म्यानचेस्टर सिटीले अंकतालिकामा तीन अंकको अग्रता बनाएको छ। शीर्षस्थानको सिटीले १८ खेलबाट ४४ अंक जोड्दा दोस्रो स्थानको लिभरपुलले ४१ र तेस्रो स्थानको चेल्सीले ३८ अंक जोडेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*