भारतले गर्यो आणविक क्षमतासहितको मिसाइल परीक्षण
२०७८ पुष ३, शनिबार १५:३० गते
भारतले आणविक क्षमतासहितको मिसाइल परीक्षण गरेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार भारतले बालासोरबाट ओडिसाको समुद्री क्षेत्रमा उक्त मिसाइल परीक्षण गरेको हो।
भारतले अहिले परीक्षण गरेको मिसाइलको नाम ‘अग्नि पी’ राखिएको छ। यो नयाँ पुस्ताको मिसाइल हो।
यसले एक हजारदेखि २ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ। भारतले यो मिसाइलको दोस्रो परीक्षण गरेको हो।
यसअघि गत जुन महिनामा सोही स्थानबाट पहिलोपटक उक्त मिसाइलको परीक्षण गरिएको थियो।










