बेलायतमा एकै दिन झन्डै ९० हजार सङ्क्रमित

कोल्हवी न्यूज
२०७८ पुष २, शुक्रबार ०७:०० गते

बेलायतमा पछिल्लो दुई दिनयता दैनिक कोरोना सङ्क्रमितको सङ्ख्याले नयाँ रेकर्ड कायम गर्दै ९० हजारको हाराहरिमा पुगेको छ । एक साताभित्र सङ्क्रमण दर ७४ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् । बुधबार दैनिक सङ्क्रमण ७८ हजार भन्दा बढी रहेकोमा आज बिहीबार सङ्क्रमित सङ्ख्या बढेर ८८ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८८ हजार ३७६ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या महामारीयताकै उच्च हो । यसअघि गत जनवरीमा लकडाउन जारी रहँदा सबैभन्दा उच्च सङ्क्रमित सङ्ख्या ६८ हजार पुगेको थियो । योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दश लाख ९७ हजार ८५१ पुगेको छ। बेलायतमा एक सातामा चार लाख ४२ हजार भन्दा बढी सङ्क्रमित थापिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*