पर्सामा १६ वर्षीय बालिकासँग ४ दिनसम्म पटक-पटक बलात्कार, नगवाका महतो पक्राउ

कोल्हवी न्यूज
२०७८ पुष १, बिहीबार ०६:१६

१६ वर्षीया बालिकालाई ४ दिनसम्म बन्धक बनाएर पटक(पटक बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाटोल निवासी १९ वर्षीय नितेश कुमार महतो रहेका छन् ।
महतोले पिडित बालिकालाई विगत एक महिनादेखि बारम्बार फोन गरेर मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारेर ललाईफकाई विवाह गर्ने प्रलोभन समेत दिएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महतोले बालिकालाई ललाईफकाई मंसिर २३ गते कलेज पढ्न जाने क्रममा बहुदरमाई नगरपालिका वडा नम्बर ४ डकैलास्थित आफ्नो दिदीको घरकोठामा लगेर मंसिर २६ गतेसम्म पटक–पटक बलात्कार गरेका छन् ।
बालिकाका अभिभावकले मंसिर २८ गते महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी गरेपछि महतोलाई उनको वीरगञ्जस्थित घरमा नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।
पक्राउ परेका महतोविरुद्ध प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दा चलाएर अनुसन्धान अगाडी बढाएको डिएसपी खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*