म्यानचेस्टर सिटीको आधादर्जन गोल

कोल्हवी न्यूज
२०७८ मंसिर २९, बुधबार ०६:३८ गते

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि गोलको वर्षा गरेको छ । घरेलु मैदानमा सिटीले लिड्समाथि ७–० को फराकिलो जित आत्मसात गरेको हो ।

इतिहाद स्टेडियममा सिटीको जितमा केभिन डि ब्रुएनले दुई तथा फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महारेज, जोन स्टोन्स र नाथन एकले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल थपेको थियो ।

गोलको वर्षा भएको खेलमा सिटीले खेलको आठौं मिनेटमा गोलको खाता खोलेपछि गोल गर्ने क्रमा ७८औं मिनेटसम्म रह्यो । आठौं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले अग्रता लिन सफल भयो । १३औं मिनेटमा रियाद महारेजको पासमा ज्याक ग्रेलिसको गोलबाट सिटीले अग्रता दोब्बर बनायो ।

३२औं मिनेटमा केभिन डि ब्रुएनले रोड्रीको पासमा गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । ४९औं मिनेटमा रियाद महारेजले इल्केए गुन्डोगानको पासमा गोल गरेपछि सिटी खेलमा ४–० ले अघि बढ्यो ।

६२औं मिनेटमा केभिन डि ब्रुएनले गुन्डोगानकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । ७४औं मिनेटमा जोन स्टोन्सले गोल गरेपछि सिटीले ६–० ले अघि बढ्यो । ७८औं मिनेटमा नाथन एकेले फिल फोडेनको पासमा गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको १७ खेलबाट ४१ अंक पुगेको छ । सिटीले दोस्रो स्थानको लिभरपुललाई ४ अंकले पछि पारेको छ । लिभरपुलले एक खेल कम खेलेको छ । पराजित लिड्स १६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २–० ले पराजित गरेको छ । एस्टन भिल्लाको जितमा ज्याकोव राम्सी र ओले वाट्किन्सले गोल गरे । जितसँगै भिल्ला १७ खेलबाट २२ अंक जोडेर नवौं स्थानमा रहेको छ । पराजित नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*