पर्सामा लागुऔषध सहित एकजना ८० बर्षिय बृद्ध पक्राउ
पर्सा जिल्ला प्रहरी कार्यालयले परवानीपुरबाट हेटौडातर्फ जान गाडी कुरी बसिरहेका ८० वर्षका एक बृद्धलाई लागु औषध सहित पक्राउ गरेको छ । प्रहरीले आइतबार आज बिहान अन्दाजी ०९ः ४५ बजे पक्राउ गरेको हो ।
जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर २१ स्थित रहेको प्रहरी चौकी परवानीपुरबाट खटिएको चेक जाँच टोलीले विशेष सूचनाको आधारमा बृद्धलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत, विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर ११ मारवाडी टोल बस्ने विजय कुमार कपुर रहेको छ । उनको झोला चेकजाँच गर्दा खैरो रंगको ब्लाङ्केटको झोलाभित्र लुकाइछिपाई ल्याएको लागु औषध सहित उनी पक्राउ परेका हुन ।
नुफ्रिन ५०० एम्पुल, डाइजीपाम ५०० एम्पुल र प्रोमिफाइजाम हाईड्रोक्लोराइड ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सुचना अधिकारी ओम प्रकाश खनालले जनाएको छ।