जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना गम्भीर घाइते
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ । बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । बलेफी(५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो ।