जितपुरको शिव शक्ति ध्यु उधाेगको लापरबाहीले एक बालक घाईते

कोल्हवी न्यूज
२०७८ मंसिर २५, शनिबार ०७:३५

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको शिव शक्ति घ्यु उद्योगको लापरबाहीले एक बालक घाईते भएका छन् । उद्योगले फालेको छाईमा बालक जलेर घाईते भएका हुन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का बस्ने जितेन्द्र पास्वानका ३ वर्षिय छोरा करण पास्वान शिव शक्ति घ्यु उद्योगले अबैध ढंगले फालेको छाईमा जलेर घाईते भएका हुन् । उद्योगले अबैध ढंगले आफ्नो कम्पनीबाट निस्केको छाई खुला मैदानमा फाल्ने गरेको छ ।
गाउँका बच्चाहरू खेल्ने जाने क्रममा घटना हुने गरेको स्थानीयहरूको भनाई छ । स्थानियहरूले कम्पनीलाई आफ्नो छाईलाई सुरक्षित ठाउँमा फाल्न पहल गर्दा पनि कम्पनीले ध्यान दिएको छैन । यस प्रति सम्बन्धित वडा र निकाय पुर्णरूपले मौन बसि तामासा हेरिरहेका छन् ।

यस अघि पनि सोही छाईमा अन्य अरू बच्चा पनि जलेर घाईते भएका छन् भने स्थानीयको मालजाल समेत जल्ने गरेको स्थानियहरूले बताएका छन् । यस अघि पनि किसानको भैंसी , सुंगुर प्रदुषण पानीका कारण ले बिरामी भएको स्थानीय राम नरेश रामले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*