राजविराजमा जारी महिला क्रिकेट प्रतियोगितामा बाराको लगातार चौथो जित

कोल्हवी न्यूज
२०७८ मंसिर २५, शनिबार ०७:३२ गते

राजविराजमा प्रदेश नं २ छनोट खेल भईरहेको छ । राजविराजमा जारी प्रधानमन्त्री कप प्रदेश नं २ छनोट प्रतियोगितामा अर्को जीत हाँसिल गर्दै बारा जिल्ला महिला टिम लगातार चौथो पटक विजयी भएको छ। बाराका खेलाडीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ४ जना आउट हुनै १६९ रन बनाउन सफल भएका थिए भने सप्तरीका खेलाडीहरुले ६८ रन बनाउदा अलआउट हुन पुगे।
बारालाई जीत हाँसिल गराउन प्रतिमा साहले ७१ रन, अलिशा यादवले २२ रन त्यस्तै सोनी कुशवाहा को अविजित १८ रनको योगदान रहेको थियो । साथै बन्दना गुप्ता र प्रतिमा साह ले समान २÷२ विकेट र प्रियंका गुप्ता, मोनिका साह र निक्की कुशवाहाले १–१ विकेट लिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*