बाराको सिमरास्थित टेलिकम नजिकै अटो रिक्सा पल्टिँँदा १३ दिने बालिकाको मृत्यु

कोल्हवी न्यूज
२०७८ मंसिर २४, शुक्रबार ०७:२३

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ टेलिकम नजिकै अटो रिक्सा पल्टिँँदा १३ दिने बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी अटो रिक्सा पल्टिदा भने अन्य २ जना घाइते भएका छन् ।

बिहिबार राती ८ बजे विकासशील चोकबाट सिमरातर्फ जाँदै गरेको ना २ ह ५३ १६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिँदा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभाको मृत्यु भएको हो ।

उपचारको लागि वीरगञ्ज स्थित वयोधा अस्पताल पु¥याउना साथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रिक्सा सहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*