मुम्बईमा थप दुई जनामा ओमिक्रोन संक्रमण, भारतमा संक्रमित संख्या २३ पुग्यो

कोल्हवी न्यूज
२०७८ मंसिर २१, मंगलवार ०६:३८

छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। पछिल्लो पटक मुम्बाईमा थप दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरुले जनाएका छन्

दक्षिण अफ्रिकाबाट आएका थप दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको हो । यो सँगै भारतमा नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या २३ पुगेको छ । यसअघी राजस्थानमा ९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

भारतीय अधिकारीहरुका अनुसार महाराष्ट्रमा मात्र अहिलेसम्म १० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भएको थियो। भारतमा अहिलेसम्म २३ जनामा ओमिक्रोन संक्रमण देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*