देवताल गाउँपालिकामा गहुँ खेतीका लागि विभिन्न सामग्री वितरण

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बारा जिल्लाको देवताल गाउँपालिकामा गहुँ खेतिका लागि विभिन्न समाग्री वितरण गरिएको छ ।
सक्रिय कृषक समूह देवताल गाउँपालिका वार्ड नं. ४ पिप्राढ़ी बाट ५०५ अनुदान प्राप्त आ.ब.२०७८/२०७९ गहुँ पाकेट कार्यक्रम अन्तर्गत गहुँको बिउ, जिङ्क, जाइम, रोटर, डिलेवरी पाइप, पम्पिंग सेट,देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहको हातबाट बितरण गरिएको हो ।
उक्त कार्यक्रम मा वडा नं. ४ का अध्यक्ष मिश्रीलाल प्रसाद मल्लाह, कृषि शाखा प्रमुख शशिभूषण साह , तथा समुहका संचालन समितिको रोहबरमा समुहका सदस्यहरुलाई उक्त समान बितरण गरिएको समूहका अध्यक्षले बताउनु भयो।










