बारा जिल्ला महिला क्रिकेट टिमद्वारा महोत्तरी जिल्ला महिला क्रिकेट टिम ८ विकेटले पराजित

बारा जिल्लाको महिला क्रिकेट टिमले महोत्तरी जिल्ला महिला क्रिकेट टिमलाई पराजित गरेको छ। प्रधानमन्त्री कप २०७८ प्रदेश नं २ छनोट प्रतियोगिताको राजविराजमा भएको खेलमा बारा जिल्ला महिला टिम ले साबिक विजेता महोत्तरीलाई स्तब्ध पारेको छ।
महोत्तरी जिल्लाले बारालाई १२ ओभरको खेलमा ८३ रनको लक्ष्य दिएको थियो। जवाफमा साना प्रविन को २८८ , प्रतिमा साह को २६ तथा अलिशा यादव को लास्ट बल मा चौका प्रहार ले बाराले अन्तिम बल मा ८ विकेटले रोमाञ्चक जित हाँसिल गरेको छ ।









