यौनाङ्ग

कोल्हवी न्यूज
२०७८ मंसिर २०, सोमबार ०७:०१ गते

सतीश छेत्री

अरू त होइन
पहिलो सम्भावना यही छ कि
जन्मनेबित्तिकै संसार,
शिशुको यौनाङ्गमा झुक्छ
हेर्छ
अनि छुट्याउँछ
छोरा हो कि छोरी हो ।

नाङ्गै हिँडदाको युगमा
यौनाङ्गमा
कति खोस्रियो होला
घोंच्यो होला काँडाले
मनजस्तै कोमल त्यो
संवेदनशील अङ्गमा
कति आँधीहुरी सहयो होला मान्छेले ।

हेरयो त देख्यो
बुझ्दैगयो
सृष्टिविस्तार पनि
त्यसैबाट हुँदैथियो
के प्रक्रिया हो यो
कुन अज्ञेय स्वाद हो
कुन अभूतपूर्व यन्त्र हो !

यसको महानता र महत्ता
जब उद्घाटित हुँदै आयो होला
तब सुरक्षित राख्नलाई
मान्छेले यसलाई
एउटा पात माथिबाट
हाल्यो होला।

पातमुनि
उत्सुकता र जिज्ञासा बढेपछि
सबैले सबैको यौनाङ्गमै
ध्यानकेन्द्रीत गरेपछि
लाज
कुनै घाँसजस्तै उम्रँदै आयो होला!

जब हरेक युगमा
हरेक उत्सुकले
त्यसमा खन्यो
एउटा
जीवनको सत्यताबाहेक
केही निस्किआएन त्यहाँबाट।

आज यौनाङ्ग
शिष्टताको तारपोलिनले
पहाडी बर्खे पहिरो झैं छोपिएको छ
त्यो मासुको संरचना तर
भीर, पहरा, पहाड
पोखरी, झार(जङ्गल, स्तम्भ भएर
महान रहस्यको विषय
भएको छ।
समकालिन साहित्यबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*