भारतले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेलमा ३ रुपैयाँ ६२ पैसा मूल्य घटाएर सूची पठायो, तर नेपालले नघटाउने

कोल्हवी न्यूज
२०७८ मंसिर १७, शुक्रबार ०७:१० गते

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटाइएको छ। बुधबार ९डिसेम्बर १० मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो।

तर खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने निगमले जनाएको छ। पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी गर्दै निगमले नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने बेहोराको विज्ञप्ति जारी गरेको हो।

बिक्री(वितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान निगमले गरेको छ। यस्तै ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने उसको दाबी छ।

हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*