वीरगञ्जमा मोफसलकै पहिलो मेड इन नेपाल एक्स्पो हुने

कोल्हवी न्यूज
२०७८ मंसिर १७, शुक्रबार ०६:१७ गते

वीरगञ्जमा आउँदो फागुनमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने भएको छ । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको हो ।

एनवाईइएफले बुधवार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरेर आगामी फागुनको १२ देखि १५ गतेसम्म प्रदर्शनी सञ्चालन हुने जानकारी दिएको हो । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।

स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि १३० ओटा स्टलको व्यवस्था मिलाइने आयोजकले बताएको छ । प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*