आज वीरगञ्जमा पहिलोपटक ह्विल चियर म्याराथन हुने

कोल्हवी न्यूज
२०७८ मंसिर १७, शुक्रबार ०६:१४ गते

आपांगता भएकाहरुको हौसला बढाउन वीरगञ्जमा आज पहिलोपटक ह्विल चियर म्याराथन हुने भएको छ । अन्र्तराष्ट्रिय अपांग दिवसको अवसरमा अलाईड युथ सोसाईटीले मंसिर १७ गते म्याराथन गर्न लागेको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखामा बुधबार पत्रकार सम्मेलन गरी वीरगञ्जको आदर्शनगर स्थित पुरानो बसपार्कमा हुने म्याराथनका बारेमा जानकारी गराईएको छ ।

वीरगञ्ज महानगरपालिका, किरण आँखा अस्पताल, वीरगञ्ज कलेज, डिएभी स्कुल लगायतको सहयोगमा २ सय मिटर ह्विलचियर म्याराथन गर्न लागिएको सोसाईटीले जनाएको छ । अन्र्तराष्ट्रिय अपांग दिवसको दिन आपांगता भएकाहरुको हौसला बढाउन म्याराथनको आयोजना गर्न लागिएको सोसाईटीका अध्यक्ष ओम कुमार झाले जानकारी दिए । २५ जना सहभागी गराउने लक्ष्य आयोजकको छ ।

प्रथम हुनेलाई हाईड आउटमा डिनर, ह्विल चियर, बैशाखी, ईलेक्ट्रिक जग, बैशाखी लगायत पुरस्कार छ भने द्वितिय र तृतिय हुनेलाई बैशाखी, च्यवनप्रास लगायत सामाग्री प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*