वीरगञ्जमा नक्कली सुर्या ब्राण्ड ग्यास चुलो बेच्ने पसलमा प्रहरीको छापा

कोल्हवी न्यूज
२०७८ मंसिर १७, शुक्रबार ०६:११

वीरगञ्जको माइस्थानस्थित कमल सर्राफको रामा भाडा पसलमा प्रहरीले छापामारी गरि ३२ थान ग्यास चुलो नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले छापामारी गरि सुर्या ब्राण्ड नामको ग्यास चुलो बरामद गरेको छ भने प्रतिमा चौकमा रहेको उनकै गोदाममा पनि छापामारी भईरहेको प्रहरीले जनाएको छ ।
सर्राफको रामा भाडा पसलले सुर्या ब्राण्डको नक्कली र कमसल ग्यास चुलो बनाएर बिक्री गर्दै आएको उजुरी परेपछि छापामारी गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*