नेप्से ५ अंकले बढ्यो

कोल्हवी न्यूज
२०७८ मंसिर १६, बिहीबार ०६:२४ गते

सेयर बजार सूचक नेप्से ५ दशमलव २८ अंकले बढेर २६३३ दशमलव ६६ बिन्दुमा पुगेको छ ।

नेप्से सूचक सामान्य बढे पनि पछिल्लो केही दिनयता कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ । गत आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा सोमबार ३ अर्ब ९२ करोड, मंगलबार ३ अर्ब ३ करोडको सेयर कारोबार भएको थियो ।

बुधबार २ सय २३ कम्पनीका २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रूपैयाँ बराबरको ५३ लाख १० हजार २ सय १५ कित्ता सेयर कारोबार भएका छन् । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा ९ उपसमूहको सूचक बढेका छन् भने बाँकी ४ उपसमूहको सूचक घटेका छन् ।

बुधबार सामलिङ पावर र न्यादी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको छ भने समृद्धि फाइनान्सको ७ दशमलव ७३ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंककको ७ दशमलव ३९ प्रतिशतले बढेको छ । भने, आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ५ दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्सको ३ दशमलव ४० प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको २ दशमलव ९६ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको २ दशमलव ९४ प्रतिशतले घटेको छ ।

बुधबार नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १४ करोड ५३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख, महिला लघुवित्तको ९ करोड ३० लाख, नेसनल हाइड्रोपावरको ८ करोड ५१ लाख र महालक्ष्मी विकास बैंकको ७ करोड ४३ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८९ अंकले घटेर ४९६ दशमलव ७४ को बिन्दुमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*