हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम समापन
हेटौंडा/हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको छ ।
मंगलबार हेटौंडामा एक कार्यक्रमका बिच सप्ताहव्यापी कार्यक्रमका विजेता तथा सहभागीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले महिलाहरुले क्षमता विकास हुन सकेमा धेरै अग्रता लिन सक्ने बताइन् । लेडी जेसीजले महिला उद्यामशीलता र महिला नेतृत्व विकासको क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा समेत गरिन् ।
हेटौंडा लेडी जेसीजले लेडी जेसीज र महिला पत्रकार फुटसल प्रतियोगिता, विद्यार्थीहरुलाई पोशाक वितरण, घरेलु सेनिटरी प्याड बनाउने तालिम, महिला उद्यमशिलता सम्बन्धी तालिम, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, दिव्य सेवा निकेतनमा खाद्यन्न वितरण, जेसीज गाउँ घोषणा, महिला स्लो स्कुटर प्रतियेगिता लगायतको कार्यक्रमहरु गरेको थियो ।
हेटौंडा लेडी जेसीजकी अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जेसीजका कार्यकारिणि उपाध्यक्ष अरुण दाहाल, हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेत, युवा परिषद् बागमती प्रदेश अध्यक्ष सन्तोष चौंलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।










