बाराको पचरौता नगरपालिका कार्यालयभित्रै कर्मचारीमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी

कोल्हवी न्यूज
२०७८ मंसिर १४, मंगलवार २०:३०

२२ वर्षीया एक महिला कर्मचारीमाथि पालिकाकै कर्मचारीले बलात्कार प्रयास गरेको भन्दै उजुरी परेको छ । पचरौता नगरपालिकाको बेनौली गाउँस्थित रहेको सुनसान पालिका कार्यालयभित्रै गत बिहीबार यस्तो प्रयास भएको बताइएको छ ।

पीडित महिलाका आफन्तका अनुसार कार्यालयका कार्यालय सहयोगी ३२ वर्षीय संजय पासवानले बलात्कार प्रयास गरेका हुन् । महिला हिंसाविरुद्धको १५ दिने अभियान सुरु भएकै दिन सरकारी कार्यालयबाट यस्तो घटना भएको हो ।

पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितले किटानी जाहेरी दिएकी छन् । पालिका कार्यालय नजिकै कोठा लिएर बस्दैआएकी ती महिला ‘डकुमेन्ट’ लिन पालिकामा आफैँ बस्ने कोठामा जाँदा यस्तो घटना भएको बताएकी छन् । साथै घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले विचौलियाको रुपमा आर्थिक लेनदेन गरी विवाद मिलाउन दबाब दिएको पीडित पक्षले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।

इकान्तिपुरबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*