न्यूजील्यान्डः साइकल चलाउँदै अस्पताल पुगेकी एक सांसदले बच्चा जन्माइन्
न्यूजील्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन्। अस्पताल पुगेको एक घण्टामै उनले बच्चा जन्माइन्। बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्यो, सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेखेकी छन्।
ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहेकी उनले यस्तो काम गरेको यो पहिलो पटक चाहिँ होइन। तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उनले सुत्केरी हुन अस्पताल जान साइकल प्रयोग गरेकी थिइन्। एकचालीस वर्षीया जेन्टर साइकलिङको पक्षमा खुलेर बोल्दै आएकी छन्।
पदमा हुँदै आमा बन्ने दोस्री प्रधानमन्त्री
न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डर्नलाई ऐतिहासिकु जित
अमेरिकामा जन्मिएकी यी नेत्रीले आफू र आफ्ना पतिले साइकल चलाएरै अस्पताल जाने निर्णय गर्दा आफूलाई कुनै सङ्कोच नलागेको बताइन्। अस्पतालको कार पार्कमा खिचिएको आफ्नो दम्पतीको तस्बिर पनि उनले फेसबुकमा राखेकी छन्। तस्बिर पनि उनले फेसबुकमा राखेकी छन्।
बिबिसी नेपालीबाट साभार










