बारामा कर छलीको आरोपमा तीन वटा फर्मविरुद्ध मुद्दा दर्ता

कोल्हवी न्यूज
२०७८ मंसिर ११, शनिबार ०७:२६

बारा जिल्लामा कर छलीको आरोपमा तिन वटा फर्मविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लामा राजस्व अनुसन्धान विभागले भ्याट र आयकर छली गरेको आरोपमा ३ वटा व्यवसायिक फर्म विरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस जिल्ला भित्र संचालित उज्वल ट्रेड कन्सर्नका संचालक रामबाबुप्रसाद यादव, जितपुर सिमरामा संचालित दिव्या ट्रेड कन्सर्नका संचालक सरोज मण्डल र टोनी कन्सर्न ट्रेडका संचालक शान्तिराम सिटौलालाई विभागले मुख्य प्रतिवादी बनाउदै मुद्दा दर्ता गरेको हो ।

ब्यबसायिक कारोबारमा नक्कली बिजकको प्रयोग गरी कर छली गरेर राज्यलाई नै हानि नोक्सानी पुर्‍याइएको अनुसन्धानबाट खुलेको विभागले आफ्नो अभियोगपत्रमा उल्लेख गरेका छन् । ति तीन वटा फर्महरुलाई कुल २९ करोड ७७ लाख रुपैयाँ विगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*