पर्साको बिरगंजमा पनि भाटभटेनीको डिपार्टमेन्टल स्टोर शाखा खोल्ने तयारी
पर्सा जिल्लाको मुख्य शहर बिरगंजमा पनि भाटभटेनी डिपार्टमेन्ट स्टोरको शाखा विस्तार हुँदैछ । बिरगंज शहरमा बन्ने डिपार्टमेन्ट स्टोरको संचालक मीनबहादुर गुरुङले भाटभटेनीको १९ औं शाखाको रुपमा निर्माण कार्य शुरु गरेको हो।
उक्त डिपार्टमेन्ट स्टोर निर्माण हुन करिब डेढ अर्बको लगानीमा सो भाटभटेनीको शाखा संचालन गर्ने लक्ष्यका साथ काम भइरहेको गरुङ्गले बताउनु भयो । पछिल्लो ३ महिनादेखि बिरगंज महानगरपालिका वडा नम्बर १४ को बहुअरी स्थित सिप्रदी कम्पनीको कार्यालयभन्दा दक्षिणपट्टि टाँसिएकै जग्गा किनेर निर्माण कार्य अघि बढाइएको जानकारी समेत वहाँले जानकारी दिए । एकै स्थानमा सबै सामान बिक्री वितरण गर्ने गरी भाटभटेनी सुपर मार्केटले काठमाडौंको विभिन्न स्थानसँगै धरान, धरान, हटहरी, विराटनगर, चितवन, हेटौंडा, भैरहवा, बुटवल लगायतका मुख्य शहरहरुमा १८ वटा शाखा सञ्चालन गरिसकेको छन्।
तत्काल अहिले चारैतिरबाट कर्कटपाताको पर्खाल लगाएर जग तथा पानीको बोरिङ लगायत अन्य भौतिक संरचनाको काम शुरु भएको प्राविधिकहरुले बताएका छन्। सो डिपार्टमेन्ट स्टोरमा दैनिक उपभोग्यका सामान, गुणस्तरीय खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामानहरु, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स लगायतका सामानहरु बिक्री गरिने बताए ।










