बाराका एसपी नरेन्द्र कुँवरको सरुवा, नयाँ प्रहरी प्रमुखमा कुमार विक्रम थापा आउने

कोल्हवी न्यूज
२०८३ मंसिर १०, बुधबार १२:५१ गते

बारा, ९ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ । उनको स्थानमा नेपाल प्रहरी अस्पताल प्रशासन, महाराजगञ्जमा कार्यरत प्रहरी उपरीक्षक कुमार विक्रम थापा आउने भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले मंसिर ८ गते गरेको निर्णयअनुसार कुँवरको कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर, सुर्खेतमा सरुवा गरिएको हो ।

प्रधान कार्यालयले एकैपटक ६० जना प्रहरी उपरीक्षकको सरुवा तथा काज गरेको छ । सोही निर्णयअनुसार बाराको प्रहरी नेतृत्व परिवर्तन हुन लागेको हो ।

प्रधान कार्यालयबाट जारी पत्रअनुसार सरुवा भएका प्रहरी उपरीक्षकहरूले मंसिर महिनादेखि नै नयाँ कार्यस्थलबाट तलब, भत्ता तथा अन्य सुविधाहरू प्राप्त गर्नेछन् ।

कुँवरको सरुवासँगै बाराको जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न थापा आउने भएका छन् । उनको आगमनसँगै जिल्लाको प्रहरी प्रशासनको नेतृत्वमा नयाँ जिम्मेवारी हस्तान्तरण हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*