मधेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले आज शपथ लिँदै
२०८३ मंसिर ७, आईतवार ०७:३० गते
जनकपुरधाम, मंसिर ६ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार यादवले आइतबार बिहान १० बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय नेताको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री नियुक्त भएसँगै यादवले आज पद तथा गोपनीयताको शपथ लिएर मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्नेछन्।









