वीरगञ्जबाट नारायणगढ जाँदै गरेको ईभीले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
२०८३ मंसिर ४, बिहीबार १४:३१ गते
हेटौँडा । मकवानपुरको चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रारम्भिक जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ईभी गाडी र स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।









