आरबीबी मर्चेन्ट बैंकिङको १० प्रतिशत लाभांश प्रस्ताव

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार १६:०२ गते

राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष एवम् बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७र०७८ मा १० प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने बताए ।
मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*