दशैं बिदा सकियो, आजदेखि सरकारी कार्यालय नियमित सञ्चालनमा

कोल्हवी न्यूज
२०८३ कार्तिक १०, सोमबार ०७:५१ गते

बडादशैंको लामो सार्वजनिक बिदापछि आज सोमबारदेखि देशभरका सरकारी कार्यालय नियमित रूपमा सञ्चालनमा आएका छन्।

दशैं मनाउन गाउँघर पुगेका कर्मचारी तथा सर्वसाधारण कार्यक्षेत्रमा फर्किएसँगै सरकारी सेवा पूर्ववत् रूपमा सुरु भएको हो। बिदाका कारण बन्द रहेका सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तीय संस्था र अन्य सार्वजनिक निकायले आजदेखि नियमित सेवा दिनेछन्।

लामो बिदापछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था कार्यालय, राहदानी विभाग तथा स्थानीय तहमा सेवाग्राहीको चाप बढ्ने अनुमान गरिएको छ। रोकिएका प्रशासनिक तथा नागरिक सेवाका काम पुनः सुरु भएपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*