बिहीबारदेखि देशभर वर्षाको सम्भावना, किसानलाई धान भित्र्याउन सुझाव

कोल्हवी न्यूज
२०८३ कार्तिक १०, सोमबार ०७:४३ गते

बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले किसानलाई धान काट्ने र भित्र्याउने काम समयमै सक्न सुझाव दिइएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना बढी छ। धान पाकिसकेको भए स्थानीय मौसमको अवस्था हेरेर वर्षा सुरु हुनुअघि नै काट्ने, सुकाउने र सुरक्षित रूपमा भित्र्याउन उनले आग्रह गरेका छन्।

सम्भावित मौसमी प्रणालीका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्न सक्ने अनुमानसमेत गरिएको छ। त्यसैले हिमाली क्षेत्रमा यात्रा तथा पदयात्रामा जानेहरूलाई मौसमको पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा योजना बनाउन सुझाव दिइएको छ।

मौसमविद् पोखरेलले वर्षा सुरु हुने समय, प्रभावित क्षेत्र र वर्षाको मात्रा पूर्वानुमानभन्दा फरक हुन सक्ने भन्दै किसान तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*