हेटौँडा–१ मा बेहोस अवस्थामा पुरुष फेला, आफन्तको खोजी

कोल्हवी न्यूज
२०८३ आश्विन २१, बुधबार २०:३३ गते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ स्वर्गलोकस्थित मकवानपुर सहकारी अस्पताल अगाडि एक अपरिचित पुरुष बेहोस अवस्थामा फेला परेका छन्।

बुधबार साँझ करिब ५ बजे हिँडिरहेका बेला करिब ३०–३२ वर्ष उमेरका देखिने ती पुरुष अचानक सडकमा ढलेका थिए। अस्पतालका सुरक्षा गार्डले देखेपछि उनलाई तत्काल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

उनको टाउकोमा चोट लागेको र हालसम्म होसमा नआएको बताइएको छ। साथमा परिचय खुल्ने कुनै कागजात वा मोबाइल फोनसमेत नभएकाले उनको पहिचान हुन सकेको छैन।

उक्त पुरुषलाई चिन्नुहुने वा उनका आफन्तबारे जानकारी हुने व्यक्तिलाई मकवानपुर सहकारी अस्पताल वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

थप जानकारी तथा समन्वयका लागि प्रहरी हवल्दार इन्द्रबहादुर पन्तको ९८५५०९०५६४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*